नियम ४१
भूमिसुधार अधिकारीहरूको नियुक्ति
ऐन र यी नियमहरूलाई कार्यान्वित गर्न नेपाल सरकारले प्रत्येक जिल्लाको निमित्त एक एक जना जिल्ला भूमिसुधार अधिकारी र त्यस्तो अधिकारीलाई विभिन्न कार्यमा मद्दत गर्न अरू आवश्यक कर्मचारी नियुक्ति गर्नेछ ।
त्यसरी भूमिसुधार अधिकारी नियुक्त नभएको जिल्लामा सोही जिल्लाको कुनै अधिकृतलाई भूमिसुधार अधिकारीको काम गर्न तोक्न सक्नेछ ।